१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

झापामा मासु व्यवसायीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:४६:oo

झापामा एक मासु व्यवसायीको हत्या भएको छ । बिर्तामोड– ५ स्थित महानन्द चोकमा घुम्तीमा बंगुरको मासु बेच्दै आएका अर्जुनधारा– ६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको गर्दनमा चोट लागेको प्रहरीले जनाएको छ । उनको शरीरको अन्य भागमा पनि चोट छ । घटना आइतबार राति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु भइसकेको एसपी भट्टराईले जानकारी दिए ।

 

ad
ad