१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने कार्यदलको निष्कर्ष, सुदूरपश्चिम इन्चार्जमा रावल र भट्टको आ–आफ्नै दाबी (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:२२:oo

नेकपा एमालेले पार्टीको एकतालाई थप सुदृढ बनाउने गरी १०बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । १०बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता थप सुदृढ हुने गरी अघि बढ्ने निष्कर्ष निकालेको हो ।

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद समाधान गर्ने विषयमा पनि विभिन्न उपायहरूको बारेमा छलफल सुरु गरेको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेशको इन्जार्चको विषयमा देखिएको विवाद पनि १०बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे ।

तर, बैठकमा कार्यदलका सदस्य लेखराज भट्टले भने सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी गरेका छन् । उनले पार्टीको आन्तरिक एकता मजबुत बनाउने गरी १०बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै ०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिएका छन् । संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ ।

 

ad
ad