मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज ८ शुक्रबार २१:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार तेजाब आक्रमण निरुत्साहित गर्न लागि परेको छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार २१:५४:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानुन शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको  बताएका छन् । 

प्रधानमन्त्री देउवालाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरी अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा भएको भन्दै कानुन बनाउन मात्र होइन कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताउनुभएको प्रवक्ता शर्माले जानकारी दिए । 

भेटमा प्रवक्ता शर्माले पार्टीको १४औँ महाधिवेशनको तयारी, सरकारका उपलब्धि र समीक्षालगायत विषयमा पनि छलफल गरेका थिए ।