मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Sunday, 13 July, 2025
२o७८ असोज ३ आइतबार ११:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विंगरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार ११:१o:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिका– १० जिरोमाइल खण्डमा टाटा विंगरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। 

यात्रु बोकेर पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.१ज ७४१७ नम्बरको विंगरले सोही दिशामा जाँदै गरेको प्र २–००३–०१४–प ८४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शनिबार अपराह्न युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा धनगढीमाई– ७ कसहाका करिब २४ वर्षीय सुरेश भनिने अमृत महतो रहेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रहरीका अनुसार विंगरलाई ओभरटेक गरेलगत्तै अकस्मात् विपरीत दिशाबाट अर्को गाडी आएपछि गति कम गरेको मोटरसाइकललाई तीव्र गतिमा रहेको विंगरले ठक्कर दिँदा महतोको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने सवारी प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।