१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७८ भदौ २५ शुक्रबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

बहुला कुकुरले एकैदिन  २६ जनाभन्दा बढीलाई टोक्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार o८:४२:oo

दाङमा बहुला कुकुरले एकैदिन २६ जनाभन्दा बढीलाई टोकेको छ । तुलसीपुर उपमहानगरपालिका–८ भमके, अस्वारालगायत क्षेत्रमा एकैदिन सो संख्यामा कुकुरले टोकेको हो ।

बिहीबार बिहान ११ बजेदेखि साँझसम्म पनि कुकुरले टोकेका मानिस आइरहेको राप्ती प्रादेशिक अस्पतालका फार्मेसी प्रमुख सुलभ अधिकारीले जानकारी दिए । ‘दिउँसो एकैपटक सात–आठजना आएका थिए, अहिलेसम्म २६ जनाभन्दा बढी भइसकेका छन्,’ उनले भने । बहुला कुकुरले टोकेकालाई ‘आरआइजी’ खोप लगाउनुपर्छ । तर, त्यो खोप अस्पतालमा छैन ।

२४ घन्टाभित्र त्यो खोप लगाइसक्नुपर्ने उनले बताए । बुटवल, नेपालगन्ज कहीँ पनि त्यो खोप नपाइएपछि बिरामीलाई काठमाडौं पठाउन थालिएको उनले बताए । ‘बुटवल र नेपालगन्जमा पनि त्यो खोप रहेनछ, त्यसका लागि काठमाडौं नै पठाउनुपर्छ’, उनले भने, ‘चारजनालाई त अघि नै पठाइसक्यौँ, बाँकीलाई पनि पठाउने तयारी छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा त्यो खोप निःशुल्क लगाइने भएकाले त्यहीँ पठाउन लागिएको अधिकारीले बताए । एकैपटक धेरै ठाउँका व्यक्तिलाई टोक्ने कुकुरलाई तत्काल नियन्त्रणमा लिइएको भए त्यो समस्या नआउनेसमेत उनले बताए ।

ad
ad
ad
ad