१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार o८:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सबैमा खोपको पहुँच आवश्यक छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार o८:५१:oo

 प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कोरोना महामारीको चपेटामा परेको भन्दै यसबाट बाहिर निस्कन प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको ७४औँ वार्षिक बैठकको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मानवताका लागि खोप, औषधि, औजार तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्न आवश्यक भएको बताए ।

 ‘हाम्रा स्वास्थ्य प्रणालीहरूले अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउन र महत्वपूर्ण निर्णय लिन यो बैठक आयोजना गरिएको छ । त्यसैले पहुँच नपाएकासम्म पुग्ने हाम्रो प्राथमिकता हुुनुपर्छ,’ उनले भने ।

उत्थानशील स्वास्थ्य प्रणाली निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७४औँ बैठक नेपालमा सुरु भएको छ ।