मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १३ आइतबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकवि देवकोटाको घर भत्काएको मुद्दामा सर्वोच्चको अन्तरिम आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १३ आइतबार १९:११:००

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएको विरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो । 

रिटमा अहिलेसम्म भत्काइएको संरचनालाई थप क्षति नपु¥याउन अन्तरिम आदेश माग गरिएको थियो । साथै भत्काएर नयाँ बनाउन लागिएको संरचनामा त्रुटि रहेको र तयार भएको डिजाइनअनुसारको संरचनाले मौलिकता जोगाउन नसक्ने जिकिर गरिएको थियो । 

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो ।