मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका हेटाैंडा
२०७८ भदौ ११ शुक्रबार २२:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेशको आठौँ अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
२०७८ भदौ ११ शुक्रबार २२:०४:००

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गरेका छन् ।  प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गरेको उनको सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिसलगत्तै नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।  गत जेठ १६ गतेदेखि सञ्चालनमा भएको बागमती प्रदेश सभाको आठौँ अधिवेशनमा हालसम्म २४ वटा बैठक बसेका थिए ।

त्यस अवधिमा प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । त्यसैगरी प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित र प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेश सभामा प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।

यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएलगत्तै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन भएकी थिइन् । उनी मुख्यमन्त्री भएपछि मन्त्रिपरिषद्का दुईवटा बैठक बसिसकेको छ ।