मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १० बिहीबार १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पार्टी गठन रहर थिएन, ओलीको व्यवहारले विद्रोहको विकल्प रहेन : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार १४:५o:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका छन्। बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहन सक्ने अवस्था नरहेको बताए। नेता नेपालले भने, ‘ओलीको व्यक्तिवादी अहंकार र पार्टीलाई प्राइभेट कम्पनी बनाएपछि विद्रोह गर्नेबाहेक अर्को विकल्प रहेन। इतिहासमा नेपाल र विश्वमा यस्ता घटना भएका धेरै उदाहरण छन्।’

उनले एमालेबाट पीडित रहेका नेता–कार्यकर्ताको  ठूलो पंक्तिले विद्रोह गरेर कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै नयाँ पार्टी गठन भएको बताए। पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरूको उपस्थिति रहेको छ। ओलीले पार्टीमा भेदभाव र अन्यायपूर्ण व्यवहार गरेको र नेकपा विभाजनमा भूमिका खेलेको आरोपसमेत लगाए।