१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १० बिहीबार १४:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भारतद्वारा अक्सिजन प्लान्ट सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १० बिहीबार १४:१२:००

भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठमार्फत धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।

अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे। उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताए । 

भारत सरकारले कोभिड– १९ नियन्त्रणका लागि नेपाल सरकारलाई खोपलगायतका अन्य स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कोभिसिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे। उनले भने, ‘यसले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु। त्यसका अलावा भारत सरकारले हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर कोभिड- १९ नियन्त्रणका लागि ठूलो सहयोग उपलब्ध भएको छ। भारत सरकारप्रति हामी आभारी छौँ ।’

कार्यक्रममा बोल्दै भारतीय राजदूत क्वात्राले कोभिड– १९ संक्रमणका वेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए ।