१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १ मंगलबार १७:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यादेशको स्वागत गर्दै कर्णले भने– नयाँ पार्टी दर्ता गर्ने गृहकार्यमा छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १ मंगलबार १७:०८:००

जसपा महन्थ ठाकुर समूहका नेता एवं सांसद लक्ष्मणलाल कर्णले आफूहरू नयाँ पार्टी गठनको गृहकार्यमा जुटेको बताएका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनले यस्तो बताएका हुन् । 

उनले आफूहरू उपेन्द्र यादवसँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेकाले छिट्टै नयाँ दल दर्ता गर्ने जानकारी दिए । उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोमा स्वागतसमेत गरे ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद् नभएको वेलामा अध्यादेश ल्याउने यो संविधानसम्मत् काम हो । संविधानले यो अधिकार दिएको छ । अहिले भर्खरै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ, यो संविधानसम्मत् हो । प्रत्येक पार्टीको अवस्था हेर्ने हो भने कहीँ धेरै, कहीँ थोरै भए पनि विग्रहको अवस्था देखिएको छ । म जुन पार्टीमा छु, यसमा पनि समस्या छन् । यो प्रश्न जबर्जस्ती निर्वाचन आयोगले जन्माएको हो । हामी अहिले सर्वोच्च अदालत गएका छौँ । निर्वाचन आयोगले उपेन्द्र यादवको पक्षलाई आधिकारिकता दियो । त्यो निर्णय कति ठीक छ वा छैन भन्ने कुरा म यहाँ चर्चा गर्दिनँ । तर, निर्वाचन आयोगको निर्णय गलत छ भनेर हामी अदालत गएका छौँ ।’

कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानसम्मत् रहेकाले यसमा कसैको पनि विरोध नरहने जिकिर गरे ।