१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनको मुखमा आन्दोलन चर्किनु राम्रो होइन : लक्ष्मणलाल कर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:३o:oo

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका हुन् ।

उनले हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरूको तलब सरकारले तोकेको मापदण्डभन्दा पनि न्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

नेपाल अतिरिक्त हुलाक सेवामा अहिले पनि कर्मचारीहरूले सात–आठ हजार मासिक तलब लिएर काम गरिरहेको स्पष्ट पार्दै नेता कर्णले त्यसको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराए ।  नेता कर्णले सरकार आफैँले श्रम शोषण गर्ने काम गर्न नहुने पनि पटकपटक दोहोर्‍याए ।  

ad
ad