१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Tuesday, 08 July, 2025
अमुल थापा काठमाडौं
२o८१ जेठ २ बुधबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सफाइ पाएपछि सन्दीपले भने- हुँदै नभएकाे अपराधमा दाेषी करार गरिएकाे थियाे [भिडियाेसहित]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:१२:oo

उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीप लामिछानेले नगरेकाे अपराधकाे आफूलाई धेरै तरिकाले फसाइए पनि न्याय पाएकाे बताएका छन्। 

बुधबार फैसलापछि प्रतिक्रिया दिँदै लामिछानेले फैसलाकाे सम्मान गर्दै देशकाे खेल जगतलाई अझमाथि पुर्‍याउने बताएका हुन्। 

उनले भने, 'साढे १ वर्ष भयाे। मलाई धेरै नै तरिकाले फसाइएकाे थियाे। नभएकाे अपराधकाे दाेषी करार गरिएकाे थियाे। हामी अहिले यहाँसम्म आइपुगेँ। मैले पहिला पनि जिल्ला अदालतकाे फैसलालाई सम्मान गरेकाे थिएँ। म अहिले पनि उच्च अदालतकाे फैसलालाई सम्मान गर्छु। राष्ट्रिय खेल जहाँ छ, त्याेभन्दा माथि पुर्‍याउन प्रयास गर्छु। याे अवधिमा मलाई साथ दिनेप्रति आधारी छु।' 
 
जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिएकाे हाे। 

तस्बिर तथा भिडियाे : अमुल थापा/नयाँ पत्रिका