‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश, पत्रकार मैनालीलाई खोज्दै [भिडियाेसहित]

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आफूहरूलाई नेपाल प्रहरी बताउने एक जत्था नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश भन्दै सातजनाको समूह नयाँ पत्रिकामा प्रवेश गरेको हो।

समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै उक्त समूहले धरपकड गर्ने प्रयास गरेको छ। अहिले सो टोली मैनालीलाई लिएर जाने भन्दै समाचार कक्षमा रहेको छ।

यसअघि आजै सादा पोसाकमा प्रहरी भन्दै खटिएको टोलीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ।

सुझावित समाचार