१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लक्ष्मणलाल कर्णको दाबी–सरकारका जानेबारे प्रधानमन्त्रीसँग कुरै भएको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:३४:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कर्णले लोसपाले सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा नगरेको दाबी गरेका हुन् । 

उनले प्रधानमन्त्री देउवाले पनि आफूहरूलाई मन्त्री हुन आऊ नभनेको कर्णले बताए । उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको, प्रधानमन्त्रीले हामीलाई मन्त्री बन्न आऊ भन्दै नभनेको कुरो तपाईंहरू विस्तृत रूपमा प्रचार गरिराख्नुभएको छ ।’

कर्णले जसपा अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोसपालाई एकीकरणका लागि आह्वान गरेको भन्दै असन्तुष्टि जनाए । यादवले विगतमा आफूहरूलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै कर्णले अहिले संकटमा परेकाले सहयोग खोजेको जिकिर गरे । 

यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको कर्णको तर्क छ । उनले भने, ‘बाटोमा उहाँ बोलिराख्नुभएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । उहाँको पार्टी फुट्न लाग्दा एकीकरण गरेर हामीले जोगाएको होइन ? त्यसपछि मसमेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि अहिले आएर फेरि बाटो बाटोमा कुरा सुनिराखेको छु एकीकरणको । के को लागि एकीकरण ? किन एकीकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

ad
ad