१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

छानबिन समिति सभापति कर्ण भन्छन्- प्रतिपक्षको आलोचना कति सही, कति गलत भन्ने प्रतिवेदन पढेपछि थाहा हुन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:१७:oo

संसदीय विशेष छानबिन समितिका सभापति तथा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको आलोचनाको खण्डन गरेका छन् । शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिवेदनबारे प्रतिक्रिया दिँदै समिति सभापति कर्णले एकपक्षीय रूपमा प्रतिवेदन तयार भयो भन्ने एमालेको आलोचना कति सही र कति गलत छ भन्ने कुरा प्रतिवेदन पढेपछि थाहा हुने बताएका हुन् । 

‘समितिले एकपक्षीय रूपमा प्रतिवेदन तयार भयो भन्ने प्रतिपक्षले गरेको आलोचना कति सही छ, कति गलत छ, समितिको प्रतिवेदन हेरेर थाहा हुन्छ । हामीले कति मेहनत गरेर काम गरेका छौँ,’ उनले भने । 
 

ad
ad