१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण १२ मंगलबार १५:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा संसदीय दलको विधान अनुमोदन, दलको नेताको निर्वाचनका लागि तीन सदस्यीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार १५:४४:oo

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पार्टी केन्द्रीय कार्यकारिणी समितिले अनुमोदन गरेको छ । केही दिनअघि बसेको संसदीय दलले पारित गरेको विधानलाई मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकले अनुमोदन गरेको हो । जसपाको पार्टी विधानअनुसार संसदीय दलले पारित गरेको विधानलाई केन्द्रीय कार्यकारिणीले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै केन्द्रीय कार्यकारिणी बैठकले पार्टी संसदीय दलको नेताको निर्वाचन गर्नका लागि तीन सदस्यीय समिति पनि गठन गरेको छ । समितिमा नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठलाई सदस्य बनाएको छ । यस्तै, पार्टीको कार्यालय सचिवको जिम्मेवारीमा रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई निर्वाचन आयोग र अदालतमा मुद्दा–मामिला हेर्ने जिम्मेवारीसमेत तोक्ने निर्णय गरेको छ ।

यसअघि सोमबार मात्रै जसपाभित्र लामो समयदेखि चलिरहेको पार्टी आधिकारिकताको विवादमा केन्द्रीय कार्यकारिणी सदस्यको हेड काउन्ट गर्दै निर्वाचन आयोगले पार्टीको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिनै फैसला गरेको थियो । त्यसलगत्तै मंगलबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बसेको हो ।