१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ६ बुधबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विप्लवले प्रधानमन्त्रीलाई भने– तीनबुँदे सहमति कार्यान्वयन गर्नुपर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार १७:३८:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा  भेटवार्ता भएको छ।  अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण सहभागी थिए भने नेकपाबाट विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पछिल्लोपटक विप्लवले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। 

यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाललाई भेटेका थिए।

ad
ad
ad
ad