मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २३ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २३ बुधबार o८:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २३ बुधबार o८:४४:oo

जगदम्बा स्टिल्सले स्थापना गरेको सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उद्योग उद्घाटन भएको छ । कम्पनीका संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले उद्योगको आधिकारिक उद्घाटन गरेका हुन् ।

अत्याधुनिक प्रविधियुक्त दाबी गरिएको उद्योग बाराको सिमरामा अवस्थित रहेको छ । यस सिआरएम मिलको जटिल डिजाइन, जडानकार्य, कमिसनिङ जगदम्बाकै भाइस प्रेसिडेन्ट प्रभात मिश्राद्वारा गरिएको कम्पनीले जनाएको छ । उनी ग्याल्भालुम तथा कलर कोटिङ उत्पादन प्रविधिमा विज्ञ रहेको जनाइएको छ । 

जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भिœयाउने तीव्र तयारी गरिरहेको जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

विभिन्न रङहरूको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता, तर सादा रङमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको जनाइएको छ । नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाइन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत र टिकाउ हुने कम्पनीको दाबी छ ।