मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
श्रवण थापा सर्लाही
२०७८ असार ९ बुधबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाडलमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ असार ९ बुधबार १३:१५:००

सर्लाही सदरमुकाम मलंगवामा खाडलमा जमेको पानीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएकोे छ । बुधबार बिहान मलंगवा नगरपालिका– ११ स्थित गम्हरियानिवासी सद्दाम अन्सारीका छोराहरू आठ वर्षीय रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारीको पानीमा ढुबेर ज्यान गएको हो ।

प्रहरीका अनुसार बाख्रा चराउन गएका उनीहरू पल्सी भन्ने स्थानमा इँटाभट्टाले माटो निकाल्न खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न सँगै पसेका थिए । 

खाडलको पानीमा नुहाउन पसेका दुई दाजुभाइ डुबेपछि उनीहरूसँगै बाख्रा चराउन गएका अर्का बालकले हल्लीखल्ली गरेपछि स्थानीय घटनास्थलमा जम्मा भएका थिए । तत्काल इँटाभट्टाका मजदुर र गाउँले मिलेर डुबेका दुई बालकलाई उद्धार गरेर उपचारका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पुर्‍याएका थिए । 

अस्पतालमा पुर्‍याउनेबितिकै चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको परिवारले जनाएकाे छ । घटनापछि इँटाभट्टा सञ्चालक पत्ता लगाउने तथा घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । 

जिल्लामा वर्षा लागेपछि जथाभावी खनेको खाडलमा पानी जम्ने र बालबालिकाहरू नुहाउन जाँदा बर्सेनि दर्जनौँको ज्यान जाने गरेको छ ।