१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ८ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार ८ मंगलबार o७:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अस्ट्रियाको जितमा क्रिस्टोफ नायक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार ८ मंगलबार o७:१७:oo

सोमबार राति भएको युरोकप २०२० समूह सी अन्तर्गतको खेलमा अस्ट्रियाले युक्रेनलाई १–० ले पराजित गरेको छ । जितसँगै अस्ट्रियाले पहिलोपटक युरोकपको नकआउट चरणमा स्थान बनाएको छ ।

अस्ट्रियालाई प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गराउन मिडफिल्डर क्रिस्टाफ बाउम्गर्टनरले पहिलो हाफमा एक गोल गरेका थिए । खेलको २१औँ मिनेटमा क्रिस्टाफले गोल गरेका हुन् । कर्नर क्षेत्रबाट अल्बावाको क्रसमा उनले युक्रेनका दुई डिफेन्डरको बीचबाट वान टचमै गोल गरेका हुन् । पहिलो हाफमा अस्ट्रियाले तीन गोलको अवसर चुकाएको थियो । 

पहिलो हाफमा अस्ट्रियाका स्ट्राइकरहरूले युक्रेनी डिफेन्डरले गरेका गल्तीको फाइदा लिन नसक्दा अस्ट्रिया मध्यान्तरसम्म १–० ले मात्रै अघि रह्यो । खेलको ४३औँ मिनेटमा मार्को अर्नाउटोभिकले डिबक्सभित्र प्राप्त बललाई नियन्त्रणमा लिन सकेनन् । अर्नाउटोभिकले डिबक्सभित्र ओपन प्रहार गरेको बल पहिलो बार नजिक हुँदै बाहिरिएको थियो । 

पहिलो हाफको इन्जुरी समयमा डिबक्सभित्रको ऐज क्षेत्रबाट अर्नाउटोभिकले प्रहारलाई गोलरक्षक बुस्चानले सहजै विफल पारे । पहिलो हाफमा अस्ट्रियाले युक्रेनमाथि दबाब राखेको थियो । यो अवधिमा युक्रेनले केवल एक मात्रै गोल प्रयास गरेको थियो । जसलाई अस्ट्रियाका गोलरक्षकले बचाउ गरेका थिए । 

मध्यान्तरपछि युक्रेनले खेलमा सुधार गरेको देखिन्थ्यो । युक्रेनले मिडफिल्ड पोसेसन बलियो बनाउँदै अस्ट्रियाविरुद्ध बराबरी गोल प्रयासलाई तीव्रता दिएको थियो । नकआउट चरणमा जित नै काफी भएकाले दोस्रो हाफमा अस्ट्रियाले डिफेन्स रणनीति लियो ।

खेलको ६१औँ मिनेटमा युक्रेनले सुन्दर बराबरी अवसर चुकाएको थियो । युक्रेनको यो अवसरलाई अस्ट्रियाका गोलरक्षक बाचम्यानले खेर पठाए । खेलको ६१औँ मिनेटमा यार्मोलन्कोले डिबक्सअगाडि फ्रिकिक प्रहार गरेका थिए । यार्मोलेन्कोको फ्रिकिकमा लेनरको हेडिङ गोल प्रयासलाई अस्ट्रियाका गोलरक्षक बाचम्यानले पन्च गरी संकट टारेका हुन् । 

खेलको ८६औँ मिनेटमा युक्रेनका यारेन्चुकले बायाँ साइडबाट प्रहार गरेको बल अस्ट्रियाको गोल पोस्टनजिक हुँदै बाहिरिएको थियो । उनको प्रहार पोस्टनजिक हुँदै बाहिरिएको थियो । 

दोस्रो हाफमा युक्रेन आक्रामक देखियो । अधिकांश समय बल पोसेसन राखी अस्ट्रियामाथि दबाब राखे पनि बराबरी गोल फर्काउन असमर्थ रह्यो । युक्रेनलाई खेलमा फर्कन तीन मिनेटको अन्तिम इन्जुरी समय थियो । यो अवधिमा जिनचेन्कोले डिबक्सभित्र बल नियन्त्रणमा लिन सकेनन् । प्रतिस्पर्धामा अस्ट्रियाले १८ तथा युक्रेनले पाँचपटक गोल प्रयासका लागि प्रहार गरेको थियो । अस्ट्रियाले नौ र युक्रेनले चारपटक कर्नर प्रहार गर्न अवसर पाएका थिए ।