![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Gandaki-sapath2021-06-12-09-43-46.jpeg)
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरूले सपथ लिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूलाई प्रदेश प्रमुख सीता पौडेलले शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
प्रदेश प्रमुख पौडेलले पोखरेललाई शनिबार नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन । लगत्तै पोखरेलले विपक्षी गठबन्धनका नेताहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री बनेका छन् । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् ।