१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २५ मंगलबार
  • Monday, 30 September, 2024
२o७८ जेठ २५ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्रीले विश्वासको मत पाउने निश्चित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २५ मंगलबार ११:o२:oo

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट अहिले विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत माग्दै प्रदेश सभामा सम्बोधन गरिरहेका छन् ।

संसद  सुरु हुनुअघि बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिने र पक्षमा मतदान गर्न व्हिप जारी गर्ने निर्णय भएको एमाले प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन् ।

५२ सदस्यीय प्रदेश सभामा एमालेका २४ जनामध्ये खनाल नेपाल समूहको बहुमत छ । एमाले संसदीय दलको निर्णयसँगै मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने निश्चित भएको छ । एमालेको खनाल नेपाल समूहमा कम्तीमा १७ सांसद छन् । माओवादीका १३ जना छन् । विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।

यस्तै, कांग्रेसले पनि विश्वासको मत नपाउने अवस्थामा मत दिने निर्णय गरेको छ । यता कांग्रेसले पनि सरकार ढल्न नदिने निर्णय गरेको छ । आवश्यक परे मख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन तयार भएको छ । कांग्रेसले पनि आवश्यकता परे साथ दिने निर्णय गरेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने निश्चित देखिएको हो ।