मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ९ आइतबार
  • Thursday, 19 December, 2024
यम बम काठमाडौं
२o७८ जेठ ९ आइतबार १८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता अध्यादेश : जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ९ आइतबार १८:५५:oo

जन्मसिद्धका आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले वंशजको आधारमा नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयक विचाराधीन रहेका वेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८’ जारी गरेकी हुन् । जसअनुसार जन्मका आधारमा (जन्मसिद्ध)का नागरिकता प्राप्त गरेका व्यक्तिका बालिक भइसकेका छोराछोरीले वंशजको नागरिकता पाउने भएका हुन् ।

यसैगरी, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् । तर, वंशजका आधारमा नागरिकता लिएका व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहनेछैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा निजको नागरिकतालाई अंगीकृत नागरिकतामा परिणत गरिनेछ ।

बाबु विदेशी नागरिक भएको व्यक्तिले अंगीकृत नागरिकता प्राप्त गर्नेछन् ।