मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ४ मंगलबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अझै भयावह स्थिति आउन सक्छ : डा. शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ४ मंगलबार १९:३२:००

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोभिड– १९ को संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको थप प्रयास नरहे अझै भयावह स्थिति आउन सक्ने बताएका छन् । ‘समुदायस्तरमा कोरोना फैलिएर भयावह स्थिति बनेको छ, सरकारको यस्तै प्रयास र तयारी रहिरहने हो भने केही महिनामा झनै भयावह स्थिति आउन सक्छ,’ डा. कोइरालाले भने । 

कांग्रेसको कोभिड– १९ अनुगमन समितिले मंगलबार गरेको प्रदेश १ का नेता कार्यकर्तासँगको छलफलमा नेता कोइरालाले सरकारले अब आफ्नै बजेटले खोप खरिद गरेर सबै नेपालीले खोप पाउने व्यवस्था गर्नुपर्ने बताए । ‘अब माग्ने वेला छैन, अब मागेर कुनै पनि देशले दिँदैन, दिन सक्दैन, अब किनेर ल्याएर नै लगाउनुपर्छ, सरकारले आवश्यक बजेटको व्यवस्था गरेर नेपाली जनताको जीवनरक्षा गर्नुपर्छ,’ उनले भने । 

डा. कोइरालाले कोरोना संक्रमित अधिकांश नेपालीका लागि होमआइसोलेसन उपयुक्त नभएको बताए । ‘अहिले धेरै संक्रमित घरमै बसेको कुरा छ, तर त्यो उपयुक्त होइन, त्यसले झनै धेरै संक्रमण फैलिने सम्भावना हुन्छ,’ डा. कोइरालाले भने, ‘मलाई लाग्छ, ९५ प्रतिशतभन्दा धेरै जनताका घरमा एउटा मात्रै शौचालय छ, एउटै कोठामा तीन–चारजनासम्म बस्नुहुन्छ । परिवार बस्नुहुन्छ । त्यस्तो घरमा होमआइसोलेसन बस्नु सुरक्षित हुँदैन, उहाँहरूलाई संस्थागत आइसोलेसनको व्यवस्था गर्नुपर्छ ।’

डा. कोइरालाले रोगसँग भोकको भयावह स्थिति आउने भएकाले त्यसका लागि राहतका कार्यक्रम ल्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।