मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १७ शुक्रबार
  • Tuesday, 11 March, 2025
नवीन गुरुङ संखुवासभा
२o७८ बैशाख १७ शुक्रबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२५ हजार धरौटी तिरेर संखुवासभा कारागारबाट छुटे माइला लामा 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७८ बैशाख १७ शुक्रबार १६:५o:oo

नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य माइला लामा संखुवासभा  कारागारबाट धरौटीमा छुटेका छन् ।  विप्लव समूहका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्जसमेत रहेका माइला लामा धरौटी रकम बुझाएपछि बिहीबार रिहा भएको संखुवासभाका कारागाार प्रमुख विनोद अधिकारीले बताए । उनका अनुसार लामा २५ हजार रुपैयाँ धरौटी रकम बुझाएर कारागारबाट छुटेका हुन् । 

कारागारबाट रिहाइ भएका लामा शुक्रबार काठमाडौं गएका छन् । सरकार र विप्लव नेतृत्वको पार्टीबीच गत फागुन २१ गते भएको सहमतिको दुई महिनापछि लामा रिहा भएका हुन् । यसअघि  गृह मन्त्रालयले विप्लव कार्यकर्ता रिहा गर्न सर्कुलर गरे पनि उनीहरू छुटेका थिएनन् ।

लामालाई ०७६ साउन ५ मा काठमाडौंबाट पक्राउ गरेर संखुवासभा कारागार ल्याइएको थियो । संखुवासभा कारागारमा विप्लव कार्यकर्ताहरू लामासहित अन्य आठजना रहेका छन् । कारागारमा रहेका संखुवासभा इन्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राईलगायतका कार्यकर्ताहरू भने अझै रिहा भएका छैनन् ।