१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १५:०९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिँगटी हाइड्रोको आइपिओ बाँडफाँड, १२ लाख बढीको  हात खाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार १५:०९:००

सिँगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिँगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आइपिओ बाँडफाँड गरेको हो ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १५ लाख ६५ हजार पाँच ३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार सात २८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार आठ सय दुई आवेदकलाई गोलाप्रथामा समावेश गरेर सेयर बाँडफाँड भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार सात सय लगानीकर्ताले मात्र १० कित्ताका दरले सेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सविर वादे श्रेष्ठले जानकारी दिए । उनका  अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार  आठ सय ३० आवेदक हात खाली भएका छन् ।

कम्पनीले सय अंकित दरका २९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट रु. २२ करोड हुने प्रक्षेपण गरिएको छ ।

आइपिओको नतिजा मेरोसेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।