मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ७ शनिबार
  • Saturday, 22 February, 2025
२o७७ चैत ७ शनिबार १२:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसाद छुटे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ चैत ७ शनिबार १२:४७:oo

विना सुनुवाइ ४१ वर्षदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन् । कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज जेल मुक्त भएका हुन् ।

उनलाई लिन दमदम जेलमा भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानवसेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत पुगे । उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । ‘प्रमाणको नाममा एउटा जाहेरी छ । त्यहाँभन्दा अरू केही प्रमाण देखिँदैन । दाइलाई किन ४१ वर्ष जेल राखियो ?,’ उनका भाइ प्रकाशचन्द्र भन्छन्, ‘मुद्दा नै नभएको अवस्थामा सुनुवाइ नगरी राखिएको छ । यो त अनाहकै फसाउन खजिएको हैन ।’

 

दुर्गाप्रसादको अवस्थाबारे गत मंसिरमा परिवारले जानकारी पाएको थियो । उक्त जानकारीपछि उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाइका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन थिएका थिए । अदालतले गत बुधबार दुर्गाप्रसादको दिमागी हातल ठीक नभएको भन्दै तत्काल छाड्न आदेश दिएको थियो ।

फैसलामा भाइ प्रकाशचन्द्रले नै जिम्मेवारी लिएर लैजानुपर्नेछ । सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे । ‘दाइ छुट्नुभयो । तर, मुद्दा किनारा लागेको छैन । दिमाग नाै वर्षको बालकको जस्तो भएका कारण छाड्ने आदेश दिइएको छ,’ चन्द्रप्रकाश भन्छन्, ‘६–६ महिनामा महावाणिज्य दूतावासमार्फत दाइको अवस्था जानकारी गराइरहनुपर्नेछ ।’ दाइलाई लिनआएका प्रकाशचन्द्र जेल पुग्दा निकै भावुक देखिए ।‘मेरो दाइलाईजस्तो कसैलाई नपरोस्,’ भक्कानिँदै उनले भने,‘उहाँ आज छुट्नुभयो । तर, उहाँको जीवन सकियो ।’

४१ वर्षपछि छुटेका दुर्गाप्रसादलाई मानवसेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतको सहयोगमा आजै नेपाल फर्काइने तयारी भएको छ । ‘महावाणिज्य दूतावासले यसअघि गाडी दिएर नेपाल पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । तर, पठाएन । हामी आफैँ जाने तयारीमा छौँ,’ बस्नेतले भने, ‘अदालतसँगको सम्झौतामा महावाणिज्य दूतावासले नै पुर्‍याउने भनेका थियो । तर, यो प्रतिबद्धता पूरा नगर्ने देखियो ।’