मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
सौरभ यादव राजविराज
२o८१ फाल्गुण १० शनिबार १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार

१० दिनपछि खुल्यो मधेश कृषि विश्वविद्यालयमा लागेको ताला 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार १९:२o:oo

मधेश कृषि विश्वविद्यालयमा विभिन्न माग गर्दै उप्राध्यापक तथा कर्मचारीले लगाएको ताला खुलेको छ । उनीहरूले गत भदौदेखि तलब नपाएको भन्दै प्रशासनिक र शैक्षिक भवनमा १ फागुनमा ताला लगाएकोमा आज खुलेको हो । तालाबन्दी गरेपछि पठनपाठनसमेत प्रभावित हुँदै आएको थियो । 

जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वदलीय सर्वपक्षीय छलफलमा उपप्राध्यापक र कर्मचारीहरूको तलबभत्ता उपलब्ध गराउन मधेश प्रदेश सरकार र विश्वविद्यालयका कुलपति, उपकुलपतिलाई आग्रह गर्ने तथा विश्वविद्यालयका अन्य समस्याहरू सिनेट बैठकबाट समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्ने सहमतिपछि आन्दोलनरत पक्षले ताला खोलेको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष विद्यानन्द चौधरीले बताए।

भुक्तानी नभएपछि मधेश कृषि विश्वविद्यालयको भवन निर्माण पनि ठप्प भएको छ । भुक्तानी नपाएपछि ठेकेदारले सप्तरीको राजविराज नगरपालिका–१३ मा निर्माणाधीन विश्वविद्यालय भवनको काम ठप्प पारेको हो ।

विश्वविद्यालयले ७ माघ ०८० मा ८५ करोड ५० लाख २७ हजार ८७३ रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक)मा ओम साइराम कन्स्ट्रक्सनसँग एउटा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ९ माघ ०८३ सम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, भुक्तानी नपाएपछि काम रोकेको हो । एक वर्ष समय बित्नै लाग्दा हालसम्म २१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।