१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महिला हिंसा अन्त्य नभएसम्म समाज सभ्य र सुरक्षित बन्दैन : उपराष्ट्रपति पुन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:४४:oo

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुनले महिला हिंसाका घटना न्यूनीकरण हुन नसकेको र अपराधीहरू कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भीरतापूर्वक सोच्ने वेला आएको बताएका छन् ।

उनले भने, ‘महिला हिंसाका घटना न्यूनीकरण हुन सकिरहेको छैन । यो ज्यादै दुःखको कुरा हो । स–साना बालबालिकाहरूको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्यूनीकरण हुन सकिरहेको छैन । कतिपय घटनाका अपराधीहरू कानुनको दायरामा आउन सकिरहेका छैनन् । महिला हिंसाका अन्य घटनाहरू पनि थुप्रै भइरहेका छन् । र, मानिसमा चेतनाको कमीका कारण हो या अपराधीको पहिचान र उचित कानुनी कारबाही हुन नसक्दा यस्ता घटना भइरहेका छन् । यसमा हामी सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

उपराष्ट्रपति पुनले राज्यका हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धिप्रति गर्व गर्दै बाँकी उपलब्धिका लागि सचेत रहन आग्रह पनि गरे । महिला सशक्तीकरणका लागि शिक्षा र आर्थिक आत्मनिर्भरता पहिलो पाटो रहेको भन्दै उनले देशको समृद्धिका लागि उद्यम क्षेत्रमा महिलाको सहभागिता आवश्यक रहेकोमा जोड दिए ।

ad
ad