१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण १६ आइतबार ०७:५४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘आलोचनात्मक कार्टुनमार्फत सरकारलाई खबरदारी गरौँ’

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १६ आइतबार ०७:५४:००

 नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेस मात्र होइन, फ्री प्रेस र आलोचनात्मक कार्टुनका माध्यमबाट सञ्चार क्षेत्रले सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल कार्टुनिस्ट क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमहरूलाई सरकारको सेवक पारा नदेखाउन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने र लक्ष्य पूरा हुनेबित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने गरेकोप्रति एकजुट हुन जोड दिएका थिए । ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सार्वजनिक पदमा रहेका व्यक्तित्वहरूको पहुँचसम्म पुग्न थुप्रै घेरा पार गर्नुपर्ने अवस्थाले देशमा गणतन्त्र आएको आभास नभएको बताए ।

‘सञ्चारमाध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्ति सरकारमा छ, आलोचनाले कमजोरी सुधार्न मद्दत पुर्‍याउँछ भन्ने सोचको विकास गर्नुपर्छ,’ महासचिव विष्टले भने । कार्टुनिस्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन छाप्नुअघि कार्टुन छापेकै आधारमा कारबाहीमा परिन्छ कि भन्ने डरका कारण व्यापक छलफल गर्ने अवस्था रहेको बताए । उनले यो अवस्था राजधानीभन्दा पनि मोफसलका कार्टुनिस्टले बढी भोग्नुपरेको सुनाए । 

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुन माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह हुँदै आएको बताए । नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्र छापिने कार्टुनलाई अहिले एफएम रेडियोहरूले पनि पढ्ने गरेको प्रसंग सम्झिँदै कार्टुनको महŒव व्यापक बन्दै गएको बताए ।