१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २० मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ माघ २० मंगलबार १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी वर्षदेखि विद्युत् किन्नुपर्दैन : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ माघ २० मंगलबार १३:२५:oo

प्रधानमन्त्री केपी ओलीले आगामी वर्षदेखि विद्युत् किन्नु नपर्ने स्थिति बन्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० के.भी. सबस्टेसन र विश्व बैंकको ऋणमा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न २२०/१३२ के.भी. ढल्केबर सवस्टेसनको उद्घाटन गर्दै आगामी वर्षदेखि विद्युत किन्नु नपर्ने स्थिति बन्ने बताएका हुन् । भारत र बंगलादेशलाई विद्युत् बेच्नका लागि गम्भीर छलफल चलाइरहेको उनकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्राविधिक कारण कहिलेकाहीँ विद्युत् जाने भए पनि लोडसेडिङ नभएको पनि बताए । प्राविधिक समस्या समाधानका निम्ति सबस्टेसनहरू बनिरहेको पनि जानकारी दिए । उद्योगधन्दा, कलकारखाना र व्यवसाय सञ्चालनका निम्ति आवश्यक जति विद्युत् पनि उपलब्ध गराउने उनकाे भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको आगामी चुनौती सामना गर्न विद्युत् उत्पादन हुँदै गरेको बताए ।  टनकपुर, बुटवल र अन्य क्षेत्रबाट पनि भारतसँग विद्युत् अयात र निर्यातको काम गर्ने उनको भनाइ छ । त्यसैगरी चीन र बंगलादेशसँग पनि आयात निर्यात गर्ने उनले बताए ।  जीर्ण ट्रान्समिसन लाइन सुधार गर्दै अत्याधुनिक ट्रान्समिसन लाइन विकास गरी देशभित्रको ऊर्जा वितरणलाई प्रभावकारी बनाइने उनको भनाइ छ । देशमा एक सेकेन्ड पनि विद्युत् नजाने व्यवस्थाका लागि राज्य लाग्ने मन्त्री रायमाझीले बताए ।