१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १३ आइतबार o७:o१:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

जलवायु तथा विपत् व्यवस्थापनविज्ञ धर्मराज उप्रेतीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o७:o१:oo

असोजको बाढीपहिरोले निम्त्याएको विनाशलीलाले के संकेत गर्छ ?
समुद्री सतहको तापक्रममा आउने परिवर्तनलाई ‘एल्निनो’ र ‘लानिना’ नाम दिने गरिन्छ । यसको चक्र प्रत्येक तीनदेखि पाँच वर्षमा फर्कन्छ । यसैको पनि प्रभाव हो यो वर्षा । हिन्द महासागरको पूर्वी ध्रुवीय प्रणाली क्रमशः तात्दै गइरहेको थियो । यसले ठुलो न्युन चापीय अवस्था सिर्जना गर्दा समुद्री आँधीसहितको भारी वर्षा हुन्छ भने सामान्य न्यून चापीय अवस्था सिर्जना गर्दा भारी वर्षा हुन्छ । केही दिनअघि बंगालको खाडीमा विकास भएको प्रणालीको सक्रियतासँगै जलवाष्पयुक्त हावा आउँदा भारी वर्षा भएको हो । 

उद्धारलगायत पक्षमा राज्यको तयारी कस्तो देखियो ?
पूर्वानुमान प्रणालीमा सुधार भएको छ । त्यसैको परिणामस्वरूप ‘रेड अलर्ट’ जारी भयो । राजमार्गहरूमा रातिको समयमा गरिने यात्रा रोकियो । तर, विपद्पश्चात् गरिनुपर्ने उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्थामा भने कमजोरी देखियो । देशभरका ७५३ पालिकामै लाइफ ज्याकेट, डुंगा, डोरीलगायत प्रावधिक उपकरणसहित तालिमप्राप्त दक्ष जनशक्तिलाई उद्धारमा तयारी अवस्थामा राख्न सकिएन । त्यसैले, पूर्वतयारीमा धेरै काम गर्न बाँकी देखियो । विपद् व्यवस्थापन प्राधिकरणलगायत संस्थागत संरचनाको विकास राम्रै भएको भए पनि त्यसलाई आर्थिक तथा प्राविधिक स्रोतसाधनले बलियो बनाउन सकेको देखिएन । 

आगामी दिनमा विपत्जन्य क्षति न्यूनीकरणका लागि के गर्नुपर्ला ?
देशभरका ७५३ पालिकामा विपत् व्यवस्थापन कोष छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि ६–७ अर्ब रकम छ । तर, त्यसको परिचालनसम्बन्धी कार्यविधि प्रस्ट छैन । यससम्बन्धी प्रस्ट कार्यविधि तयार गरी कार्यान्वयन गर्न ढिलो भइसकेको छ । प्रभावमा आधारित पूर्वसूचना प्रणालीलाई गाउँगाउँसम्म प्रभावकारी रूपमा पुर्‍याउन सक्नुपर्छ । सम्बन्धित निकायबीच पूर्वतयारी र विपद् आइसकेपछिको उद्धार र राहत वितरणमा व्यापक समन्वय हुनुपर्छ ।