१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १३ आइतबार ११:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङको झ्याप्ले खोलाकाे पहिराेमा पुरिएका २४ शव निकालियाे (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार ११:२४:oo

धादिङको झ्याप्ले खोलाबाट अहिलेसम्म पहिराेले पुरिएका २४ जनाकाे शव निकालिएकाे छ । झ्याप्ले खोलाको पहिरोबाट आज मात्र १० वटा शव निकालिएको छ भने चितवनबाट आएको बा.३ज १३४५ नम्बरको गाडीबाट हिजो १४ वटा शव निकालिएको थियो । 

धादिङको धुनिबेँसी नगरपालिका– ९ स्थित झ्याप्ले खोलामा शनिबार आएको पहिरोमा परेर गाडीसहित यात्रु पहिरोमा पुरिएका थिए  । अवरुद्ध सडक हटाउने क्रममा सुरक्षाकर्मीले सबैलाई मृत अवस्थामा फेला पारेका हुन् । 

नागढुंगादेखि झ्याप्ले खोलासम्म मात्रै १० भन्दा धेरै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । झ्याप्ले खोला क्षेत्रमै अझै दुईवटा टुरिस्ट बस, एक विंगर भ्यान र एक मिनीबस पुरिएको अवस्थामा छन् ।

पहिरो खस्ने क्रम रोकिएकाले अहिले  सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । पहिरोले पुरिएर मृत्यु भएका २४ जना काठमाडौं आउँदै गरेका यात्रु हुन् । उनीहरू कसैकाे पनि सनाखत हुन सकेकाे छैन ।