१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
शुक्रबार गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना४ख २२७० नम्बरको बस ।
२o८१ असोज १३ आइतबार o९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोरखाबाट काठमाडौंका लागि छुटेको बस दुई दिन देखि बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार o९:१o:oo

शुक्रबार गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहिन भएको छ। ना४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ पत्रिकालाई जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको बस  साढे १ बजे मुग्लिङ्ग कटेको थियो । उनका अनुसार चालक गोरखा भिमसेन नगरपालिकाका मदन परियार सहित बसमा चार जना सवार थिए । त्यसमध्ये यात्रु एक जना र अरु तीन जना बसकै कर्मचारी रहेको बुझ्न आएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उक्त गाडी काठमाडौँबाट मानिस ल्याउनका लागि गएको थियो ।

सम्पर्क विहिन भएको सो गाडी गोरखा दरौंदी यातायात सेवा प्रालिको हो । प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा थियो ।  बस त्यसयता सम्पर्कविहीन बनेको छ ।