मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १३ मंगलबार ०२:२७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पशुपतिमा पञ्चामृत पूजा गर्दा सर्वसाधारणका लागि ५२ लाख रुपैयाँसम्म शुल्क, तर प्रधानमन्त्रीलाई नि:शुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १३ मंगलबार ०२:२७:००

देश, जनता र चराचर जगत्को सुख र शान्तिको कामना गर्दै प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पञ्चामृत पूजा गरेका छन् । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा पहिलोपटक भएको हो । 

पूजाका निम्ति प्रधानमन्त्री ओली बिहान ८:४० मा पशुपतिनाथ पुगेका थिए । ‘मन्दिर परिसर दर्शनपछि ९:१० पूजा सुरु भयो । करिब आधा घन्टा पूजा कार्यक्रम चल्यो । यस क्रममा उहाँले चराचर जगत् र राष्ट्रशान्तिको कामना गर्नुभयो,’ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नयाँ पत्रिकासँग भने । 

प्रधानमन्त्री ओलीले एक लाख २५ हजार दीप पनि प्रज्ज्वलन गरेका थिए । ‘यस्तो पूजा गर्दा कोषले सर्वसाधारणका लागि २५ हजारदेखि ५२ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । तर, प्रधानमन्त्री कोषका संरक्षक हुनुहुन्छ, त्यसैले उहाँका लागि सम्पूर्ण पूजासेवा नि:शुल्क उपलब्ध गराइएको हो,’ कार्यकारी निर्देशक डा. खतिवडाले भने । 

पूजामा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, पर्यटन, नागरिक उड्ययन तथा संस्कृतिमन्त्री भनुभक्त ढकाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी थिए ।