१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ माघ १० शनिबार १३:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोभिड–१९ बाट मृत्यु हुने एक लाख ५३ हजार नाघे 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँ दिल्ली
२०७७ माघ १० शनिबार १३:५४:००

भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक सय ५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणकै कारण यहाँ मृत्यु हुनेको संख्या एक लाख ५३ हजार एक सय८४ जना पुगेको छ ।

यहाँ कोरोना भाइरस संक्रमितको संख्या शुक्रबारसम्म एक करोड ६ लाख ३९ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा १४ हजार दुई सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । योसहित यहाँ कुल एक करोड ६ लाख ३९ हजार ६ सय ८४ जनामा संक्रमण पुष्टि भएको पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख आठ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८५ हजार ६ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ एक साताअघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म १० लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । भारतको राजधानी दिल्लीमा शुक्रबार दुई सय ६६ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र सातजनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणका कारण दिल्लीमा १० हजार सात सय ८९ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर १९ करोड ९ लाख ८५ हजारको हाराहारीमा नमुना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमात्र  आठ लाख तीन सय ७६ जनाको कोभिड–१९ परीक्षण भएको जनाइएको छ  ।