मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २२ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २२ बुधबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा डीपी त्रिपाठीको सम्झना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २२ बुधबार १९:३१:oo

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको निवास चाक्सीबारीमा भारतीय नेताहरूलाई उपस्थित गराएर नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्थन जनाउन समन्वयकारी भूमिका निर्वाह गरेका डिपी त्रिपाठीको सम्झनामा बुधबार राजधानीमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित श्रद्धाञ्जली कार्यक्रमका वक्ताहरूले नेपालका हरेक कालखण्डमा भएका आन्दोलनमा भारत र भारतीय नेताहरूको प्रत्यक्ष सहयोग र समर्थन रहेको स्मरण गरे।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रान्ति जुनसुकै देशको भए पनि आफ्नै ठान्नुपर्छ भन्ने त्रिपाठीको दर्शन मानवताका भावनाले प्रेरित भएको स्मरण गरे। नेपालको लोकतान्त्रिक आन्दोलनमा निःशर्त सहयोग र समर्थन गरेका त्रिपाठी नेपाली जनताका असल मित्र भएको बताए।

बहुप्रतिभाशाली व्यक्तित्व त्रिपाठीको साहित्यमा पनि उत्तिकै रुचि भएको उनले  स्मरण गरे।  मञ्चमा सँगै रहेका राजनीतिक चिन्तक प्रदीप गिरितिर हेर्दै निधिले आफूलाई त्रिपाठीसँग गिरिले नै पहिलोपटक चिनजान गराएको बताए।

निधिले नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग र समर्थन गरेका भारतीय नेताहरूको सरकारका तर्फबाट सम्मान गर्न नसकिएको भन्दै पछुतो भएकाे व्यक्त गरे।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले वनारसमा रहँदा त्रिपाठीसँग पहिलोपटक भेटघाट भएको स्मरण गरे ।

नेपाली कांग्रेसका नेता एवं राजनीतिक चिन्तक प्रदीप गिरिले नेपाल र नेपाली जनताप्रति त्रिपाठीको गहिरो सम्बन्ध रहेको उल्लेख गरे। 

भारत गएका वेला त्रिपाठीको निवासमा नै भेटघाटस्थल हुने गरेको स्मरण गर्दै गिरीले क्रान्तिको भूगोल हुँदैन भन्ने त्रिपाठीको सिद्धान्त रहेको बताए । भारतमा क्रान्ति गर्न नसकिए पनि नेपालमा त गरौँ भन्ने त्रिपाठीको भित्री मनसाय रहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा. पुरुषोत्तम दाहालले त्रिपाठीको जीवनी र उनले नेपालको लोकतान्त्रिक आन्दोलनका हरेक कालखण्डमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।