१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १८ शनिबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १८ शनिबार १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाँ केपी ओली, त्यही सूर्य : शिक्षामन्त्री श्रेष्ठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १८ शनिबार १४:५७:oo

शिक्षामन्त्री कृणगोपाल श्रेष्ठले निर्धारित समयमा चुनाव भएरै छाड्ने दाबी गरेका छन् । प्रधानमन्त्रीद्वारा आयोजित नेकपा ओली समूहको विशेष भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चुनावमा काठमाडौं, ललितपुर र भक्तपुरलाई नेकपाको लालकिल्ला बनाएरै छाड्ने बताए । 

उनले प्रचण्ड-नेपाल समूहले पूर्वएमाको सम्पत्तिमा आँखा नलगाउन चेतावनी दिएका छन् । उनले भने, ‘हाम्रो सम्पत्तिमा गिद्धेदृष्टि नलगाऊ,  हाम्रो बल्खु, हाम्रो धुम्बाराहीमा आँखा नलगाउनू, यसलाई जसरी बुझ्दा पनि हुन्छ । तिम्रो पेरिसडाँडा हामीलाई मतलब छैन ।’  

केपी ओलीले एक थान सूर्य प्रचण्डलाई दिएर चुनाव लडेको उनले बताए । उनले भने, ‘जहाँ केपी ओली, त्यही सूर्य, जहाँ केपी ओली र सूर्य, त्यहाँ नेकपा ।’