बागमती प्रदेशका तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटनमन्त्री अरुण नेपालले सामूहिक राजीनामा दिएका हुन्।
मन्त्रीहरूले मुख्यमन्त्रीका कारण प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।