१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चार महिनामा १२ सय ४१ लागुऔषध कारोबारी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१६:oo

साउनयता लागुऔषध कारोबार बढ्दो क्रममा देखिएको छ । प्रहरीले दैनिक औसत १० जना कारोबारीलाई पक्राउ गरिरहेको छ । साउनदेखि कात्तिकसम्ममा एक हजार दुई सय ४१ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरको भनाइमा साउनयता लागुऔषध कारोबारविरुद्धको कारबाहीमा प्रहरीलाई ठूलो सफलता मिलेको छ । ‘प्रहरी सक्रियता, प्रविधिको प्रयोग र नागरिकसँग सहकार्यका कारण चार महिनायता १२ सयभन्दा धेरै लागुऔषध कारोबारी पक्राउ परेका छन्,’ एसएसपी कुँवरले भने ।

पक्राउ परेकामध्ये एक हजार एक सय ५७ पुरुष, ४६ महिला र ३८
जना विदेशी नागरिक छन् । तीमध्ये सात सय ९३ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम र कोकिन सेवनकर्ता र ओसारपसारमा संलग्न व्यक्ति हुन् । उनीहरूबाट दुई हजार चार सय ५७ किलो गाँजा, एक सय ९१ किलो चरेस, दुई किलो आठ सय ३७ ग्राम हेरोइन र एक सय ९१ किलो अफिम बरामद भएको छ । यस अवधिमा ४५ बिघा र दुई सय २५ रोपनीमा लगाइएको करिब दुई लाख ५६ हजार गाँजाका बोट प्रहरीले नष्ट गरेको छ ।

यो अवधिमा गाँजा प्रदेश २ बाट सबैभन्दा धेरै एक हजार तीन सय सात किलो बरामद भएको छ । यस्तै, लुम्बिनी प्रदेशबाट चरेस सबैभन्दा धेरै ८२ किलो पाँच सय पाँच ग्राम बरामद भएको छ । लुम्बिनीबाटै ६ सय ९७ किलो हेरोइन र एक सय ३२ किलो अफिम बरामद भएको छ । 

गत चैतदेखि असारसम्ममा लागुऔषधसम्बन्धी अपराधमा संलग्न आठ सय ४१ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा सात सय ८१ पुरुष, ३३ महिला र २७ जना विदेशी नागरिक थिए । त्यस अवधिमा अदालतमा पाँच सय १० वटा मुद्दा दर्ता गरिएका थिए ।

प्रहरीले लामो समयदेखि लागुऔषध सेवनका असरबारे सचेतना तथा कारोबारी र सेवनकर्ताविरुद्ध कारबाही चलाइरहेको छ । त्यसका बाबजुद कारोबार र ओसारपसार रोकिएको छैन ।

‘खुला सिमाना, लागुऔषधको सहज प्राप्ति, ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली अभाव, बजेटको सीमितताजस्ता कारणले लागुऔषध नियन्त्रणमा अझै चुनौती छ,’ एसएसपी कुँवरले भने, ‘तैपनि, नेपाल प्रहरीले नयाँ कार्यविधि र शैली अपनाई अनुसन्धान तीव्र बनाएको छ ।

ad
ad