१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अजित मिजार हत्या प्रकरण : साढे चार वर्षपछि  शव पुनः परीक्षण गर्न  उच्च अदालतको आदेश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३८:oo

गैरदलित युवतीसँग प्रेमविवाह गर्दा हत्या गरिएका काभ्रेका युवक अजित मिजारको शव पुनः परीक्षण हुने भएको छ । पाटन उच्च अदालतले उनको शव पुनः परीक्षण गर्न आदेश दिएको हो । 

अजितको शव शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । यसअघि दुईपटक पोस्टमार्टम भइसकेको हो । झुन्डिएको अवस्थामा मृत भेटिएका अजितको अनुहार कालो–निलो भएको थियो । कपाल खुइलिएको थियो । तर, दुईपटक पोस्टमार्टम हुँदा पनि त्यसबारे परीक्षण नै भएको थिएन । पोस्टमार्टममा संलग्न डा. रिजेन श्रेष्ठले ‘मृतकको शरीरमा घाउचोटहरू थिए, नीलडाम थिए’ भनी बयान दिएका थिए भने डा. अमृता श्रेष्ठले ‘शरीरमा घाउचोट थिएन, तर मृतकको अनुहार नीलो थियो’ भनी बयान दिएकी थिइन् । 

मुद्दाका वादी पक्षले मृतकको शरीरमा घाउचोट र नीलडाम भए/नभएको र अनुहारमा एसिडजन्य रसायन छ्यापिएको विषयमा पुनः परीक्षण गर्नुपर्ने माग गरेको थियो । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले शव पुनः परीक्षण गर्न सोमबार आदेश दिएको हो । अदालतले अजितको अनुहारमा पोतिएको रासायनिक पदार्थबारे परीक्षण गर्न आदेश दिएको अधिवक्ता मोहन शाशंकरले बताए । 

काभ्रेको पाँचखाल नगरपालिका–६, होक्सेका १८ वर्षीय अजितले गाउँकै १८ वर्षीया गैरदलित युवतीसँग २५ असार, ०७३ मा विवाह गरेका थिए । तर, २७ असारमै प्रहरीको बलमा युवतीको परिवारले उनीहरूलाई अलग गरेको थियो । त्यसको तीन दिन नबित्दै ३० असार, ०७३ को बिहान अजित मृत अवस्थामा भेटिएका थिए । 

प्रहरीले पोस्टमार्टम गरेर गाडेको भनेको शव दुई दिनपछि उधिनेर निकाल्दा चिरफारसमेत नगरेको देखिएको थियो । अजितका बुबा हरिभक्त ढकालले युवतीका बुबासहित तीनजनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी दिएको एक महिनापछि २० भदौमा उनीहरू पक्राउ परेका थिए । 

जिल्ला अदालत धादिङले ५ असोजमा दुई जनालाई २५–२५ हजार धरौटीमा रिहा गरेको थियो । त्यस्तै, उच्च अदालतले युवतीका बुबालाई पनि २८ पुसमा २५ हजार धरौटीमै छोडेको थियो । 

ad
ad