१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २३ आइतबार ०५:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराजको ११.११ को विशेष बिक्री दिवस मनाउने तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २३ आइतबार ०५:४४:००

अनलाइन बजार दराजले ‘लाइभ एनाउन्समेन्ट’ कार्यक्रममार्फत दराज ११.११ को तेस्रो संस्करण कात्तिक २६ मा सफल बनाउन पूरै तयार रहेको जनाएको छ । कम्पनीले अघिल्लो दुई संस्करण सफल रहेको निष्कर्ष निकाल्दै तेस्रो संस्करणका लागि तयार रहेको जनाएको हो ।  

११.११ का लागि ७ सयभन्दा बढी डेलिभरी कर्मचारी थपेको कम्पनीको स्पष्टोक्ति छ । साथै, ६ अन्य लजिस्टिक साझेदारसँग काम गर्दै क्षमता, पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार गरेको कम्पनीको दाबी छ । महामारीको समयमा ग्राहक र कर्मचारीको सुरक्षा निश्चित गर्न डेलिभरी कर्मचारीको स्वास्थ्यको निरन्तर जाँच गरिरहेको कम्पनीका डेस्क प्रमुख सन्तोष विष्टले बताए । उनका अनुसार ग्राहकसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि कर्मचारीलाई तालिम दिइएको छ । 

कम्पनीले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मुख्य ग्राहक अधिकारी सम्झना सुवेदीले ग्राहकका मागहरू पूरा गर्न ११.११ का लागि २ सयभन्दा बढी कस्टुमर केयर एजेन्ट राखेको बताइन् । ११.११ का लागि काम गर्ने समयावधि पनि बढाएको उनको भनाइ थियो । 

११.११ का खरिदकर्तालाई उपहार
यस वर्षको ११.११ सेलमा ग्राहकले विशेष छुट पाउनुका साथै ८ लाखबराबरको टिभिएस अपाचे आरआर ३१० जित्ने मौका पाउने कम्पनीले जनाएको छ । नाबिल, सनिमा, एनआइसी एसिया, ग्लोबल आइएमई, एनएमबी, मेगा, नेपाल बंगलादेश, कुमारी, लक्ष्मी, सेन्चुरी र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट दिइने दराजले जनाएको छ । ग्राहकले दराजमा इसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पनि पाउने जनाइएको छ ।  

११.११ मा ग्राहकले विशेष लन्चका रूपमा सामसङ ग्यालेक्सी एसट्वेन्टी एफई ७० हजार रुपैयाँमा पाउने जनाइएको छ । त्यस्तै, एलजी, एमआई, फिटबिट, सोनी, भ्याङ्स, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेसन हाउस, न्यू ब्यालेन्स, टिभियसजस्ता ब्रान्डहरूमा पनि ६० प्रतिशतसम्म छुट पाउने दराजले जनाएको छ ।

प्रिमियम प्रायोजक कोकाकोलाले पनि ११.११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने कम्पनीको दाबी छ । ग्राहकलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निःशुल्क वितरण, सोसल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टुर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट र वनरुपी गेम र मिसन ११.११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।