१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o८१ बैशाख २३ आइतबार o८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

गत चैत एक गतेदेखि हालसम्म जिल्लाभर आगलागीबाट एक सय तीन घरगोठ जलेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:११:oo

अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठ जलेका छन् ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत १ गतेदेखि हालसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेको जानकारी दिए । वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको उनले बताए ।

उनका अनुसार वन क्षेत्रमा लागेको आगोको लप्का बस्तीमा फैैलिएपछि ४२ घर पूर्ण र एक घरमा आंशिक क्षति भएको छ । अहिले आगलागीपीडित परिवार खुला आकाशमा बस्न बाध्य छन् ।

त्यसैगरी, ५८ गोठ पूर्ण र दुई गोठमा आंशिक क्षति भएको, ५३ पशुचौपाया मरेका र १९ पशुचौपाया घाइते भएका, डढेलोमा एउटा मोटरसाइकल र दुईवटा साइकल पनि जलेका जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।  

त्यस्तै, चालू आर्थिक वर्षमा जिल्लाका एक सय १३ स्थानका दुई हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए । 
 

ad
ad