१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रासस वालिङ
२o८१ जेठ ५ शनिबार १८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ड्युटीमा रहेका प्रहरीलाई हातपात गर्ने तीन पक्राउ

Read Time : < 1 मिनेट
रासस, वालिङ
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:४९:oo

ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन्। स्याङ्जाको वालिङ नगरपालिका– १३ बायाँटारीस्थित झोलुंगे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

गएराति मादक पदार्थ सेवन गरी झैझगडा गरिरहेको जानकारी प्राप्त भएपछि घटनास्थल पुगेर सम्झाइबुझाई गर्ने क्रममा उनीहरूले प्रहरीलाई नै कुटपिट गरी घाइते बनाएका थिए।

प्रहरी चौकी थुमपोखराबाट खटिएका प्रहरीलाई घाइते बनाएका स्याङ्जाको वालिङ–१२ कोखे बस्ने २८ वर्षीय रविन गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय काजी गुरुङ र कोखेकै २४ वर्षीय सुदीप गुरुङलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको हो।

‘मादक पदार्थ सेवन गरी साथी–साथीबीच कुटपिट तथा झगडा गरेका रहेछन्,’ प्रहरी प्रवक्ता रानाले भने, ‘प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा गएर सम्झाइबुझाई गर्दैगर्दा उल्टै प्रहरीलाई नै कुटपिट गरी घाइते बनाए।’

प्रहरी चौकी थुमपोखरामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत मनोजकुमार सिंहको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते सिंहको अवस्था खतरामुक्त रहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिए।

ad
ad