१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दराजको ११ः११ बिगेस्ट सेल अफ द इयर आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१२:oo

ई–कमर्स ब्रान्ड दराजले ११ः११ सेलको छैटाैँ संस्करण सार्वजनिक गरेको छ। कम्पनीका अनुसार कात्तिकको २५ गतेबाट सुरु हुने यो सेलमा ग्राहकहरूले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन र मनेरञ्जनजस्ता विभिन्न विधाका लाखौँ प्रोडक्टमा सात करोडसम्मको छुट पाउनेछन्।

यो सेलमा ग्राहकरूले निःशुल्क डेलिभरी, रु. १० हजारसम्मको मेगा भाउचर, मेगा डिल्समा ८० प्रतिशतसम्मको छुट साथै मेगा गिभअवेअन्तर्गत रु. ९९९ भन्दा माथिको  खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले सिजी ब्रान्डको वासिङ मेसिन जित्ने मौका पनि समावेश छ।

साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले  १५ प्रतिशत (अधिकतम रु. २,००० सम्म) छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत (अधिकतम रु. २५००)को छुट प्राप्त गर्नेछन्।

दराजका प्रबन्ध–निर्देशक आँचल कुँवरका अनुसार यो सेलमा विभिन्न ब्रान्ड तथा कम्पनीहरूले साथ दिएका छन्। यो वर्षको सेलमा आठवटा ब्रान्डहरू दराजसँग डाइमन्ड पर्टनरको रूपमा आबद्ध भएका छन्।

अल्टिमा लाइफस्टाइल, मसल बलेज, हाडा लाबो, भ्यासलिन, सेटाफिल, गोल्डस्टार, वाउ स्किन साइन्स र जुभारा डाइमन्ड पार्टनरको रूपमा आबद्ध भएका हुन्।

यसैगरी, हाइफ्युचर, फिलिप्स, फ्यान्सिरा, एडिडास, मामाअर्थ, पल्म र फ्यान्टेकहरू दराजसँग गोल्ड पार्टनर्सको रूपमा आबद्ध भएका कम्पनीले जनाएको छ।

नेपालका प्रख्यात बैंकहरूले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन्। नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक, ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकहरू यो वर्षको ११ः११ सेलसँग आबद्ध भएका छन्।

यसबाहेक दराजले डिजिटल वालेट आइएमई पेसँग पनि सहकार्य गरेको छ। कात्तिक २५ गते राति १२ बजेदेखि १२ः३० बजेसम्म आइएमई–पेद्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत (अधिकतम रु. ५००) र बिहान ८ बजेबाट ८ः३० सम्म १५ प्रतिशत (अधिकतम रु. २५० सम्म)को छुट प्राप्त गर्न सक्नेछन्।

यो सेलमा उमंग थप्न सुप्रसिद्ध गायिका सुवानी मोक्तानले कात्तिक २४ गते राति १० बजे दराज लाइभमार्फत कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जनाएको छ। यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नाेत्तरहरू समावेश छन्, जहाँ दर्शकहरूले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरू जित्न सक्नेछन्।

ad
ad