१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल काठमाडौं ओपन : भुवनले लिए ६ स्ट्रोकको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:५७:oo

भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा दिनेश प्रजापतिविरुद्ध ६ स्ट्रोकको अग्रता लिएका छन् । प्रतियोगिताको तेस्रो दिन बिहीबार भुवनले समग्रमा ७ अन्डर १९७ स्कोर गर्दै अघिल्लो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका दिनेशमाथि ६ स्ट्रोकको अग्रता लिएका हुन् । भुवनले ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गरे ।

दिनेशले समग्रमा १ अन्डर २०३ स्कोर गरेका छन् । उनी दोस्रो स्थानमा रहे । तोरणविक्रम शाही र नीरज तामाङ समग्रमा इभन पार २०७ स्कोरका साथ संयुक्त रूपमा तेस्रो स्थानमा छन् । तोरणले दिनकै उत्कृष्ट ७ अन्डर ६१ को स्कोर गरे । नीरजले १ अन्डर ६७ स्कोरमा खेल सकाए । समग्रमा २ ओभर २०६ स्कोरसहित धनबहादुर थापा र सञ्जय लामा संयुक्त रूपमा पाँचौँ स्थानमा छन् ।

धनबहादुरले २ अन्डर ६६ र सञ्जयले इभन पार ६८ स्कोर गरे । ३ ओभर २०७ स्कोरका साथ सुवास तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्त रूपमा सातौँ स्थान बाँडेका छन् । एमेच्योरतर्फ सद्भाव आचार्य शीर्ष स्थानमा उक्लेका छन् । उनले समग्रमा ६ ओभर २१० को स्कोर गरेका छन् । उनले टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे । टासीले समग्रमा ११ ओभर २१५ स्कोर गरेका छन् । राहुल विश्वकर्मा समग्रमा २३ ओभर २२७ स्कोरसहित तेस्रो स्थानमा छन् । 

भुवनको उत्कृष्ट सुरुवात
भुवनले फ्रन्ट नाइनको पहिलो, दोस्रो, पाँचौँ र छैटौँ होलमा बर्डी प्रहार गरे । उनले फ्रन्ट नाइन ६ अन्डर २८ स्कोर गरे । उनी ब्याक नाइन १ ओभर ३५ ले पछि परे । ब्याक नाइनमा उनले ११औँ र १७औँ होलमा बोगी प्रहार गरे । उनले १२औँ, १४औँ र १८औँ होलमा एक–एक सट बचाए । दिनेशले फ्रन्ट नाइन १ ओभर ३५ को प्रदर्शन गरे ।

उनले १०औँ, १३औँ र १४औँ होलमा एक–एक सट बचाए । तर, ११औँ होलमा ट्रिपल बोगीको सामना गर्दा उनले ब्याक नाइन इभन पार ३४ स्कोर गरे । तोरणले बोगीरहित फ्रन्ट नाइनमा ४ अन्डर ३० को स्कोर गरेका थिए । उनले दोस्रो, चौथो, पाँचौँ र आठौँ होलमा चार बर्डी प्रहार गरे । १०औँ, ११औँ र १७औँ होलको बर्डीको सहयोगमा उनले ब्याक नाइन ३ अन्डर ३१ स्कोर गरेका थिए । 

ad
ad