मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस काठमाडाैं
२०७७ कार्तिक ११ मंगलबार १७:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा कोरोनामुक्त हुने दर ७४ प्रतिशत 

Read Time : > 1 मिनेट
रासस काठमाडाैं
२०७७ कार्तिक ११ मंगलबार १७:२४:००

नेपालमा कोरोनामुक्त हुनेको दर ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नाै सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार एक सय ६८ जना कोरोनामुक्त भएका छन् । 

देशभर आज पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार सात सय २५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा दुई सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा दुई सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली र सुदूपश्चिममा आज संक्रमित भेटिएका छैनन् । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ ।

४० हजार ६ सय ८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई सय ८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कुल ३२ हजार चार सय ६४ संक्रमित  होम आइसोलेसनमा छन्। 

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ सय ७६ पुगेको छ ।