मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज २१ बुधबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २१ बुधबार १५:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भानु नगरपालिकाको कार्यालय तत्काल नसार्न सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २१ बुधबार १५:५७:oo

तनहुँकाे भानु नगरपालिकाको कार्यालय अन्यत्र तत्काल नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले नगरपालिका कार्यालय तत्कालै अन्त कतै नसार्न अन्तरिम आदेश दिएको हो ।

हालसम्म वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय यही १ असोजदेखि वडा नं. १ स्थित भन्सारमा रहेको सहरी विकास आयोजनाको भवनबाट तीन वर्षका लागि भाडामा लिएर कामकारबाही सुरु भएको छ । 

सोविरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले दिएको रिटमा सर्वोच्चले सो अन्तरिम आदेश दिएको हो । 

सर्वोच्चको अन्तरिम आदेशमा दुवै पक्षसँग छलफल गरी टुंगो लगाउन उपयुक्त हुने भएकोले २९ असोजमा छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेशसमेत दिएको छ ।

यसैबीच नगरपालिका सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । 

स्थानीयले भूमाफियाको चलखेलमा नगरपालिकाको कार्यालय सार्ने काम भएको भन्दै यथास्थानमा कार्यालय रहनुपर्ने माग गरेका छन् । 

फुस्रेटारमा नगरपालिकाको कार्यालय रहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीहरूलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए ।