१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १० शनिबार
  • Friday, 23 August, 2024
२o७७ असोज १० शनिबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बराहक्षेत्रमा बालिकाको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १० शनिबार १४:१६:oo

बराहक्षेत्र नगरपालिका- १ कटहरेमा ११ वर्षीया एक बालिकाको हत्या भएको छ ।

शुक्रबार राति करिब १ बजेको समयमा मीना राईको हत्या भएको इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । उनका अनुसार सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएको वेला ती बालिकाको घरमै हत्या भएको हो । घटनास्थलवरिपरि बियरका बोतलहरू भेटिएको स्थानीयले बताए । 

वडाध्यक्ष सुरेश श्रेष्ठका अनुसार उनी छिमेकीको घरमा धामी बसेको हेर्न आमाबुबासँगै गएकी थिइन् । उनी केही समयपछि निद्रा लाग्याे भन्दै घर फर्केकी थिइन् । धामी हेरेर आमाबुबा राति साडे १ बजे आउँदा उनको कोठामा हत्या गरेको अवस्थामा शव भेटिएको उनका बाबु दशरत राईले बताए । 

घटनास्थल पुगेर फर्कंदै गरेका इन्स्पेक्टर राजवंशीले कर्तव्य ज्यान भएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । राति १२–१ बजेसम्म रक्सी खाएर हिँड्दै गरेको सूचनाका आधारमा आठजना युवाहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार बिहान पक्राउ गरेको छ ।